मेरो पत्र Logo

हरिहरपुरगढीको कर्मीडाँडा माबिमा बार्षिक उत्सब कार्यक्रम सम्पन्न

Mero Patra
मेरो पत्र
ad
हरिहरपुरगढीको कर्मीडाँडा माबिमा बार्षिक उत्सब कार्यक्रम सम्पन्न
adad

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ स्थित मावि कर्मिडाँडा चिसापानीको ४६औँ वार्षिकोत्सव आज सम्पन्न भएको छ । बागमती प्रदेशसभा सदस्य गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यता तथा हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकराको उपस्थितिमा विद्यालयको ४६औँ वार्षिकोत्सव सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशसभा सदस्य श्रेष्ठले शिक्षाले ज्ञान, सीप र संस्कृति दिनसक्नुपर्ने भए पनि यस्ता किसिमको शिक्षा पद्धति स्थापना गर्न नसकिएको बताउनुभयो वहाले जबसम्म यस्ता किसिमका शिक्षा नीति लागू गर्न सक्दैनौं तबसम्म विदेश पलायन हुने लर्कोलाई रोक्न नसकिने बताउनुभयो । हालको शिक्षा पद्धतिले नेपालमा बेरोजगारी बढी उत्पादन गरेको भन्दै नेपालको शिक्षा नीति नै परिवर्तन गर्नुपर्ने तर्क राख्नुभयो ।
विद्यालयले वार्षिकोत्सवको अवसर पारेर पालिकास्तरीय हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरेको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पैकराले आफ्नो मन्तव्य राख्दै हाजिरीजवाफ प्रतियोगिता बौद्धिकस्तरका लागि निकै उत्कृष्ट मानिने बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षामा टेवा पुर्याउने हुँदा पालिकाको हरेक विद्यालयले पनि यस्ता कार्यक्रम गर्नुपर्ने बताउनुभयो।
पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगितामा मावि महेन्द्रझ्याडी प्रथम, मावि कर्मिडाडा चिसापानी द्धितीय र हरिहरपुर मावि घण्टे तृतीय भएको विद्यालयका प्रधानाध्यापक दिलमान घलानले जानकारी दिनुभयो । विजेताहरुलाई नगद पुरस्कार प्रमाणपत्र र मेडल सहित सम्मानित गरेको थियो जसमध्ये प्रथमलाई ७ हजार ५ सय नगद, प्रमाणपत्र र मेडल, द्धितीयलाई ५ हजार ५ सय नगद, प्रमाणपत्र र मेडल र तृतीयलाई ३ हजार ५ सय नगद, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । प्रतियोगितामा १० वटा सामुदायिक विद्यालय सहभागी भएका थिए ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर घलानको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखाका यादब आचार्य, कानुनी सहजकर्ता लोकबहादुर गोले लगायतको उपस्थिती रहेको थियो ।

सेयर गर्नुहोस्:
adad