Skip to content

प्रदेश खारेज, गैरदलीय राष्ट्रपति र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री:रवि लामिछाने

प्रदेश खारेज, गैरदलीय राष्ट्रपति र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री:रवि लामिछाने
प्रकाशित:
शब्दको आकार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले प्रदेश खारेजको प्रस्ताव राखेका छन् । काठमाडौँमा सम्पन्न राष्ट्रिय भेलामा सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्दै प्रदेश खारेजीको प्रस्ताव गरेका हुन् ।उनले आफ्नो प्रतिवेदनमा गैरदलीय राष्ट्रपति र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् ।
प्रदेश सभा खारेज गर्दै स्थानीय तहका जनप्रतिनिधि सम्मिलित प्रदेश परिषद्लाई विधायिकी अधिकार दिने व्यवस्था गर्नुपर्ने र प्रदेश सभा खारेज गर्दै स्थानीय तहका जनप्रतिनिधि सम्मिलित प्रदेश परिषद्लाई विधायिकी अधिकार दिने दिन सकिने उन्नत विकल्पबारे छलफल सुरू गरिनेछ। त्यस्तै विज्ञले नेतृत्व गर्ने गरी प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीसहित पाँचवटा प्रदेश मन्त्रालय रहने व्यवस्था, बहुआयामिक पहिचान झल्कने सातवटा प्रदेश, स्थानीय पालिकाको संख्या भने पाँच सयभन्दा मुनि झारिने, बलियो संघीय सरकार विस्तारित स्थानीय पालिकाको बीचमा छरितो प्रादेशिक तहबारे बहस सुरू गर्ने प्रस्ताव लामिछानेले राखेका छन्
राष्ट्रियसभाको अध्यक्ष उपराष्ट्रपति हुने , स्थानीय पालिकाहरुको संख्या पनि घटाएर ५०० मुनि ल्याउने उनले प्रस्ताव गरेका छन् ।उनले अहिलेको निर्वाचन प्रणालीले कहीँ नपुगिने बताउदै निर्वाचन प्रणाली पूर्णसमानुपातिक हुनुपर्ने र विदेशमा रहेका नेपाली नागरिकलाई समानुपातिक उमेदवार बनाउने बताएका छन् ।उनले आगामी वैशाख २५, २६ र २७ गते पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts