बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिं लामा नियुक्त्त,बुधबार सपथ ग्रहण





बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिं लामा नियुक्त्त हुनुभएको छ ।आज साँझ ५ बजे प्रदेश प्रमुख यादव चन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को २ अनुसार लामालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
भोलि बुधबार विहान ११ बजेर ११ मिनेटको समयमा प्रदेश प्रमुख कार्यालय हेटौँडामा पद तथा गोपनीयताको शपथ लिने ग्रहण कार्यक्रम तय भएको छ ।
एमालेका २७ र कांग्रेसका ३७ सहित ६४ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बन्नुभएका लामासहित १३ मन्त्रीको सपथ ग्रहण कार्यक्रम हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
कांग्रेसबाट मुख्यमन्त्री लामासहित एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण प्रसाद सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन कुमार मास्केले भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रेमभक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउनुहुनेछ ।
त्यस्तै कांग्रेसको भागमा आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय परेको छ ।कांग्रेसले ६ जना मन्त्रीको टुंगो लगाउन सकेको छैन भने भोलि बिहानसम्ममा मन्त्रीको टुंगो लगाएर एकसाथ सपथ गराउने तयारी गरेको बुझिएको छ ।