Skip to content

हरिहरपुरगढीको झनझनेमा “साझा सुविधा केन्द्र” संचालनमा

हरिहरपुरगढीको झनझनेमा “साझा सुविधा केन्द्र” संचालनमा
प्रकाशित:
शब्दको आकार

झनझने ,भदौ २४ :सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका २ झनझनेमा आज सोमबारबाट साझा सुविधा केन्द्र संचालनमा आएको छ। सुबिधा केन्द्रको पालिका अध्यक्ष बज्रध्वज वाईवाले रिबन काट्दै उद्घाटन गर्नु भएको हो। हरिहरपुरगढी वडा नं.२ स्थित झनझनेमा हरिहरपुरगढी गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा कोम्हेन्दो कृषक समूह, वडा नम्बर ४ चायाचुटीले सञ्चालन गर्ने गरि "साझा सुविधा केन्द्र" संचालनमा आएको छ।

कार्यक्रममा बोल्नुहुदै अध्यक्ष वाइबाले सिचाईको ब्यबस्था पछि अझ अर्गानिक उत्पादन बढ्ने तथा बाहिरबाट आयातित प्लास्टिकजन्य प्लेटलाई निरुत्साहित गरि स्थानिय स्तरमा उत्पादन भएका टपरी प्रयोग गरि अझ ब्यबसायिक रुपमा स्थानिय आर्थिक रुपले सम्पन्न हुने बताउनुभयो।

साझा सुविधा केन्द्रबाट गाउँपालिकामा उत्पादन हुने तामा, मह, गुन्द्रुक, माछा, कोदो, चिनो, जुनेलो, मकै लगायतका उपज बिक्री वितरण हुनेछ।
उद्घाटन कार्यक्रममा गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ४ का अध्यक्ष कमल कुमार राई, आर्थिक विकास समिती संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष कुल बहादुर भोलन, वडा नम्बर २ का अध्यक्ष विश्व राई, कार्यपालिका सदस्यद्वय सन्तली राई र मोहनकाजी बिश्वकर्मा,साझा सुविधा केन्द्रका ब्यबस्थापक निर बहादुर मुक्तान लगायत गाउँपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारी तथा स्थानीय कृषकहरुको उपस्थिति रहेको थियो।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts