मेरो पत्र Logo

बागमतीको बोडगाउँमा खहरे खोलाले बोलेरो बगायो

Mero Patra
मेरो पत्र
ad
बागमतीको बोडगाउँमा खहरे खोलाले बोलेरो बगायो
adad

बागमती गाउँपालिकामा खहरे खोलाले बोलेरो गाडी बगाएको छ। शुक्रबार बागमती गाउँपालिका वडा नम्बर १ को गुह्ये खहरे खोलाले बोलेरो गाडी बगाएको हो ।
ना ४ च ९४०९ नम्बरको बोलेरो हेटौंडाबाट सामान बोकेर राइगाउ तर्फ जाँदै गर्दा गुह्ये खोला बिचमा फसेको र दिउँसो ४ बजे परेको अविरल बर्षाका कारण आएको खहरेखोलाले गाडी बगाएको राउगाउ दुग्ध उत्पादक सहकारी संस्थाका सचीव राज कुमार सेन्चुरीले जानकारी दिए ।
खहरे खोलाले बगाएको बोलेरोमा खाना पकाउने ग्यासको सिलिन्डर , दुई ड्रम तेल र अरु किराना पसलको समानहरु रहेको सेन्चुरीले जानकारी गराए। खहरे खोलाले बगाएको बोलेरो गाडीलाई तत्काल बागमती गाउँपालिकाबाट जे सि बि आएर उद्दार गर्ने कार्य भैरहेको छ ।
गाडि चालक जिल्ला मकवानपुर बागमति २ राईगाउ बस्ने गणेश लामा सहित २ जनालाई केही नभएको, गाडि रोड भन्दा ५ मिटर तल खोलामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

सेयर गर्नुहोस्: