Skip to content

हेटौडामा समाजवादी प्रेस संगठनको नयाँ वर्ष शुभकामना आदानप्रदान कार्यक्रम

हेटौडामा समाजवादी प्रेस संगठनको नयाँ वर्ष शुभकामना आदानप्रदान कार्यक्रम
प्रकाशित:
शब्दको आकार

हेटौडा ,चैत्र २९ :हेटौडामा नयाँ वर्ष २०८१ सालको अवसरमा समाजवादी प्रेस संगठन नेपाल मकवानपुरले आज बिहिबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

समाजवादीका नेता तथा पूर्व स्वास्थ्य मन्त्री विरोध खतीवडाको प्रमुख आतित्थ्यता रहेको थियो भने उहाँले संचारकर्मीहरुलाई नयाँ बर्षको शुभकामना प्रदान गर्दै नयाँ बर्षले सबैमा खुसीयाली छाओस भन्दै शुभकामना दिनुभयो उहाँले आफुलाई मिडिया मैत्री नभएको भनेर लागेको आरोपहरुलाई पनि बन्द गर्न यो जमघट तथा शुभकामना आदन प्रदानमा आफु सहभागी भएको बताउनु भएको थियो ।
कार्यक्रममा समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय अध्यक्ष विश्वमणी सुवेदी ,केन्द्रीय महासचिव रामकुमार एलन, समाजवादी पार्टीका जिल्ला इन्चार्ज मुनु सिग्देल, जिल्ला अध्यक्ष विष्णु दाहाल, नेपाल पत्रकार महासंघका बागमती प्रदेश महासचिव कृष्णसारु मगर, बागमती प्रदेश संस्थापक अध्यक्ष प्रताप बिष्ट, जिल्ला अध्यक्ष मणिराज गौतम,लागाएतको आतित्थ्यता रहेको थियो ।कार्यक्रम समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य राजन दाहालको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts