नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार आज (मंगलबार) बाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य वृद्धि भएको हो।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाइएको छ।
त्यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर ६० अमेरिकी डलर मूल्य वृद्धि भएको छ।
यो मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिका कारण गरिएको निगमले जनाएको छ।
पेट्रोल,डिजेल, हवाई इन्धनको भाउ बढ्यो

प्रकाशित:
शब्दको आकार

अपडेट भएको:

