Skip to content

हेटौंडामा जसपाको नगर भेलामा केन्द्रिय अध्यक्ष उपेन्द्र यादव आउने

हेटौंडामा जसपाको नगर भेलामा केन्द्रिय अध्यक्ष उपेन्द्र यादव आउने
प्रकाशित:
शब्दको आकार

हेटौंडा । जनता समाजवादी पार्टी नेपाल मकवानपुर जिल्ला अन्तर्गत हेटौंडा उपमहानगरपालिका स्तरीय समिति घोषणा कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव आउने भएका छन ।

जनता समाजवादी पार्टी मकवानपुर जिल्ला कार्यलयले आज शनिबार प्रेस विज्ञप्ति जारी गर्दै कार्यक्रम बारे आज जानकारी दिए छन । कार्यक्रम माघ २४ गते बिहान ११ बजे हुने भएको छ ।

बन विज्ञान संस्थान बाट मास र्याली सहित बुद्घचोक को खुल्ला पेटिमा औपचारिक कार्यक्रम स्थलमा गएर कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने बताएका छन ।

कार्यक्रम नगर कमिटी संयोजक कविन सिन्तानको सभाध्यक्षता हुने बताएका छन ।कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल मकवानपुरका जिल्ला अध्यक्ष सोम बा. घलान, जिल्ला उपाध्यक्ष योग बा. ब्लोन,जिल्ला कोषाध्यक्ष रिता मंराति, जिल्ला सचिव दीपक सिन्तान लगायतको उपस्थितिमा रहेको थियो ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts