करेन्ट लगाएर बागमती र मरिणको माछा सक्किदै,नदीको माछा एकादेशको कथा हुने सम्भावना





सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका क्षेत्र भएर बग्ने बागमती नदि र मरिण नदिमा करेन्ट लाएर माछा मार्ने क्रम दिनानुदिन बढ्दै गैरहेको छ।
माछा मार्न खोलामा करेन्ट लगाउने ठुलो नदि ढाक्ने जाल प्रयोग गर्ने { फासी जाल ) क्रम बढ्दै गएपछि माछा हराउँदै गएको स्थानीयहरु बताउछन । जेनेरेटर, ब्याट्री र इन्भर्टरको प्रयोग गरेर माछा मार्ने पनि गरिएको पाइएको छ ।
बागमती मरिण र स–साना नदीमा पनि माछा मार्न करेन्टको प्रयोग भइरहेको छ। कतै लुकिछिपी तथा कतै स्थानीय अगुवासँगै मिलेर पनि माछा मार्ने गरेको पाईएको छ | राई ,तामाङ्ग,मगर ,पहरी ,दलित समुदायहरुको बसोबास रहेको यो क्षेत्रमा पहिले पहिले खासै तरकारी खेति नगरी खोलाकै माछा नै तरकारीको रुपमा बढी प्रयोग हुने गर्ने स्थानिय बुढापाका बताउछन तर अहिले अबस्था भने फरक रहेको छ।
करेन्टले सबैखाले माछा, अन्डा पार्ने बेलाका माछा र अन्डालाई समेत असर गर्ने बिज्ञहरु बताउने गर्छन । ‘खोलाका अन्य जलचरहरूलाई पनि ठूलो असर परेको छ। यसले समग्र इकोसिस्टममै असर पार्ने गर्छ। यो गैरकानुनी काम हो पनि हो यी सब कुरा जान्दाजान्दै पनि खोलामा करेन्ट लगाएर माछा मार्ने क्रम रोकिएको छैन।अनुसन्धानले माछाका लागि करेन्ट लगाउँदा अन्य जलचरमा पनि ठूलो असर परेको देखाएको छ।
खान मिल्ने उमेरका माछा मात्र नभई साना माछा पनि करेन्टका कारण मर्छन्। भुरा माछा, माछाको अन्डा समेत नष्ट हुन्छन्। त्यस्तै, माछाको आहार कीरा फट्याङ्ग्रा समेत मर्छन्। बचेका माछालाई पनि आहारको अभाव हुन्छ।करेन्ट लगाएर माछा मार्दा गर्दा करेन्ट लागेर मान्छेको ज्यानै जाने जोखिम पनि रहेको छ
बर्षातको समयमा काठमान्डौको फोहोरको ढल बागमती नदिले बगाएर ल्याउदा माछाहरु मर्ने गरेको पनि पाइएको छ। जसरि १० वर्ष अगाडी प्रसस्त माछा पाउने ठाउमा अहिले खासै माछा नभेट्ने ,जाल खेलेर माछा मार्दै आउनु भएका स्थानिय सोम राई बताउनुहुन्छ।
यसरि खोलाबाट माछा सकिदै गयो भने बागमती र मरिणको माछा एकादेशको कथा हुने छ।जलचर जलीय जैविक विविधतामा बचाउन स्थानिय तथा सरोकारवाला सबै एकजुट भैइ लाग्नु पर्ने देखिन्छ ।

