मेरो पत्र Logo

हेटौंडाको रातमाटेमा ट्रक दुर्घटना चालकको मृत्यु

Mero Patra
मेरो पत्र
ad
हेटौंडाको रातमाटेमा ट्रक दुर्घटना चालकको मृत्यु
adad

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित पूर्व-पश्चिम सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
आज बिहान करिब २:३० बजे भारतको बनारसबाट रिद्धिसिद्धि सिमेन्ट फ्याक्ट्रीका लागि कोइला लिएर आउँदै गरेको UP61AT 0962 नम्बरको भारतीय लहरी ट्रक ब्रेक फेल भई सडकको दाहिने किनारमा पल्टिएको थियो।
दुर्घटनाको खबर पाउनासाथ प्रहरी चौकी रातोमाटेबाट ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो। दुर्घटनामा चालक र सहचालक दुवैजना गाडीभित्र च्यापिएका थिए।
सहचालक, भारतको गाजिपुर जिल्लाका अन्दाजी २५वर्षीय मनोज यादवलाई तत्कालै उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक विमला कुमारी कठायतको कमान्डमा थप टोली खटिई दुईवटा क्रेनको सहायताले गाडीभित्र च्यापिएका चालक भारतको गाजिपुर जिल्ला पुरैनियाका अन्दाजी ४५ वर्षीय महेन्द्र यादवलाई बिहान ४:४५ बजे घाइते (अचेत) अवस्थामा उद्धार गरिएको थियो। उनलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएकोमा बिहान ५:४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
मृतक महेन्द्र यादवको शव हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ। दुर्घटनाग्रस्त ट्रकलाई घटनास्थलबाट हटाई सडक किनारामा राखिएको प्रहरीले जानकारी दिएको छ।यस घटनाबारे थप विवरण आउन बाँकी छ।

सेयर गर्नुहोस्: