Skip to content

बागमती गाउँपालिका जिल्लास्तरमै प्रथम, स्वास्थ्य सेवामा उत्कृष्टता प्रदर्शन

बागमती गाउँपालिका जिल्लास्तरमै प्रथम, स्वास्थ्य सेवामा उत्कृष्टता प्रदर्शन
प्रकाशित:
शब्दको आकार

आर्थिक वर्ष २०८१/०८२ मा मकवानपुर जिल्लाका स्थानीय तहहरूबीच स्वास्थ्य सेवाका कार्यक्रमहरूको जिल्लास्तरीय वार्षिक समीक्षा सम्पन्न भएको छ। जनस्वास्थ्य कार्यालय, मकवानपुरद्वारा हिजो मङ्गलवार आयोजित उक्त कार्यक्रममा बागमती गाउँपालिकाले उत्कृष्ट स्वास्थ्य सेवा र सूचकाङ्कमा उल्लेखनीय प्रगति गर्दै ८२.३० अङ्क प्राप्त गरी जिल्लास्तरमा प्रथम स्थान हासिल गर्दै सम्मानित भएको छ।

कार्यक्रममा मकवानपुरका दशवटा स्थानीय तहहरूबीच मुख्य–मुख्य स्वास्थ्य सूचकहरू र सेवा प्रदायक कार्यक्षमताको मूल्याङ्कन गरिएको थियो। मूल्याङ्कनका आधारमा बागमती गाउँपालिका अन्य स्थानीय तहहरूभन्दा अघि रहँदै जिल्लाको स्वास्थ्य क्षेत्रको आदर्श पालिका बन्न सफल भएको हो।

यस अवसरमा जनस्वास्थ्य कार्यालय मकवानपुरले बागमती गाउँपालिकालाई “प्रशंसापत्र” प्रदान गर्दै स्वास्थ्य सेवा प्रवाहमा गरेको योगदानप्रति उच्च सम्मान व्यक्त गरेको छ। प्रशंसापत्रमा उल्लेख गरिएको छ —
“आ.व. ०८१/०८२ मा मकवानपुर जिल्ला अन्तर्गतका स्थानीय तहहरूको मुख्य–मुख्य स्वास्थ्य सूचकहरू तथा अन्य पक्षहरूको मूल्याङ्कन गर्दा बागमती गाउँपालिकाले ८२.३० अङ्क ल्याई प्रथम भएको हुँदा वधाईसहित प्रशंसापत्र प्रदान गरिएको छ। स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा प्रदान गर्न कुशलतापूर्वक कार्य गर्नु भएकोमा धन्यवाद दिंदै आगामी दिनमा सेवा अझ सुदृढ गर्न सफलताको शुभकामना गर्दछौं।”


बागमती गाउँपालिकाका प्रतिनिधिहरूले यो सम्मानलाई सम्पूर्ण गाउँपालिकाका स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा स्थानीय समुदायको सामूहिक प्रयासको फल भनेका छन्। गाउँपालिकाले आगामी वर्षहरूमा स्वास्थ्य सेवा अझ सुलभ, गुणस्तरीय र सर्वसुलभ बनाउन निरन्तर प्रयत्नशील रहने प्रतिबद्धता व्यक्त गरेको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts