Skip to content

हरिहरपुरगढीको बखफरमा एकादशी मेला सम्पन्न

हरिहरपुरगढीको बखफरमा एकादशी मेला सम्पन्न
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी-२ बखफरमा राई दनुवार जागरण समाज, हरिहरपुरगढी–२ बखफरद्वारा आयोजित प्रथम हरिबोधनी एकादशी मेला भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि हरिहरपुर गाउँपालिकाका अध्यक्ष वज्र ध्वज वाइवा र विशेष अतिथि कमल जङ राई ज्यु हुनुहुन्थ्यो। कार्यक्रममा गायक तथा सङ्गीतकार सुर्य राई दनुवार, नायिका तथा मोडल स्नेहा जोशी, कलाकार तथा मोडल जोस्ना मगर, कलाकार तथा मोडल सगुन थापा लगायतका चर्चित कलाकारहरूले मनमोहक प्रस्तुति दिनुभएको थियो। साथै, स्थानीय कलाकारहरूको पनि आकर्षक प्रस्तुति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष वज्र ध्वज वाइवाले राई–दनुवार समुदायको यो सांस्कृतिक पर्वलाई संरक्षण र प्रवर्द्धन गर्न गाउँपालिकाबाट निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो। उहाँले भन्नुभयो, “यो सांस्कृतिक पर्वका लागि भवन, स्थान वा अन्य आवश्यकतामा म अध्यक्ष पदमा रहुञ्जेल सधैं साथ र सहयोग गर्न तयार छु।”

मौसमको कारणले मेलामा दर्शक कम आउने आशंका भए पनि, त्यो डर निराधार सावित भएको आयोजकहरूले बताएका छन्। आयोजकका अनुसार, अपेक्षाभन्दा धेरै दर्शकहरूको उपस्थिति रह्यो र मेलाले हजारौँको आकर्षण पाएको थियो।

आयोजक टिमका अध्यक्ष शम्भु राई दनुवारले सम्पूर्ण आगन्तुक, कलाकार र सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै मेलालाई सफल बनाउन योगदान पुर्‍याउने सबैप्रति आभार व्यक्त गर्नुभयो।

त्यसैगरी, उक्त कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पादन भएको भन्दै रेडियो नेपालमार्फत समाचार प्रसारण गरी मेलाको प्रचार–प्रसारमा योगदान पुर्‍याउनु भएका सञ्चारकर्मी भेष दनुवार र सरस्वती राई दनुवार (सरु) लाई विशेष धन्यवाद ज्ञापन गरिएको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts