Skip to content

हरिहरपुरगढी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत आचार्यलाई स्वागत

हरिहरपुरगढी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत आचार्यलाई स्वागत
प्रकाशित:
शब्दको आकार

हरिहरपुरगढी गाउँपालिकामा हालै सरुवा भई कार्यभार सम्हाल्न आएका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यलाई सोमबार एक औपचारिक समारोहमार्फत स्वागत गरिएको छ। गाउँ कार्यपालिकाको कार्यालयमा आयोजित उक्त कार्यक्रममा अध्यक्ष वज्रध्वज वाइबा, उपाध्यक्ष चेखबहादुर थिङ, निवर्तमान उपाध्यक्ष अनिता राई लगायतका जनप्रतिनिधिहरूले आचार्यलाई स्वागत गरेका थिए।

कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ४ का अध्यक्ष कमलकुमार राई, वडा नं. १ का अध्यक्ष जितबहादुर थिङ, वडा नं. २ का अध्यक्ष विश्व राई, वडा नं. ५ का अध्यक्ष साईला लामा, वडा नं. ७ का अध्यक्ष बिचबहादुर मोक्तान, वडा नं. ८ का अध्यक्ष धनबहादुर मोक्तानसहित कार्यपालिका सदस्य र शाखागत कर्मचारीहरूको उल्लेखनीय उपस्थिति थियो।

अध्यक्ष वाइबाले आफ्नो मन्तव्यमा नयाँ प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा सेवाप्रवाह अझ व्यवस्थित र प्रभावकारी हुने अपेक्षा व्यक्त गर्दै कर्मचारीहरूलाई स्थानीय बासिन्दाको भावना आत्मसात् गरेर काम गर्नुपर्नेमा जोड दिनुभयो।

उपाध्यक्ष थिङले गाउँपालिकाको समृद्धि जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्यमा भर पर्नेतर्फ ध्यानाकर्षण गराउँदै, आचार्यले सकारात्मक नेतृत्व गर्ने विश्वास व्यक्त गर्नुभयो।

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत आचार्यले सेवाप्रवाह, विकास कार्य र जनताको हितलाई सन्तुलित ढंगले अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दै, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने स्पष्ट प्रतिज्ञा गर्नुभयो।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts