Skip to content

सिन्धुलीमा छोराद्वारा आमाको हत्या

सिन्धुलीमा छोराद्वारा आमाको हत्या
प्रकाशित:
शब्दको आकार

सिन्धुली जिल्लाको दुधौली नगरपालिका–१४ भौडीमा छोराले आमाको हत्या गरेका छन्।

आइतबार बिहान करिब ११ः३० बजे ४० वर्षीय तुला राज सुनुवारले घरायसी विषयमा विवाद हुँदा आफ्नी आमा ६५ वर्षीया फाल कुमारी सुनुवारमाथि फलामको खन्ती प्रहार गरेका हुन्। टाउको र छातीमा गम्भीर चोट लाग्दा घटनास्थलमै आमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

घटनापछि आरोपी तुला राज सुनुवारलाई भाग्ने क्रममा स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा नियन्त्रणमा लिइएको हो। घटनास्थलमा प्रहरी चौकी दुधौलीबाट टोली खटिएको थियो।

यसैबीच, थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय डकाहाबाट प्रहरी निरीक्षक सिमोन धितालको कमाण्डमा टोली खटाइएको प्रहरीले जनाएको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts