सिन्धुलीको हरिहरपुरगढी–२ श्रीपुरमा नेपाली काङ्ग्रेस सम्बद्ध नेपाल तरुण दल हरिहरपुरगढीको पाँचौं अधिवेशन सम्पन्न भएको छ ।
कार्यक्रममा हरिहरपुरगढी तरुण दलका सभापति मनि राईको अध्यक्षता तथा प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य छेत्रबहादुर बम्जनको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा कांग्रेसका महासमिति सदस्य मानिक ढकाल, पूर्व जिल्ला सभापति खड्गबहादुर वाइबा, कांग्रेस सिन्धुली जिल्ला सचिव ईश्वर बस्नेत, नेपाल लोकतान्त्रिकवादी आदिवासी जनजाति महासंघ सिन्धुलीका अध्यक्ष तथा हरिहरपुरगढी गाउँपालिका उपाध्यक्ष चेखबहादुर थिङ, हरिहरपुरगढी गाउँपालिका–२ का वडा अध्यक्ष विश्व राई लगायतको आतिथ्य रहेको थियो ।

अधिवेशनले नयाँ समिति चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिमा सभापतिमा मानकुमार माझी, प्रथम सभापतिमा कमल विश्वकर्मा, उप–सभापतिमा खुमबहादुर बम्जन, सचिवमा राजकुमार जिम्बा, सह–सचिवमा कविता तिरुवा र अम्बर गोले, कोषाध्यक्षमा दोर्जे राई रहेका छन् ।



