सिन्धुली :किरात देवास राई उत्थान समाज नेपाल, सिन्धुली जिल्ला कार्यसमिति गठन गरिएको छ।
हरिहरपुरगढी–२, झनझनेमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि समाजका केन्द्रीय उपाध्यक्ष राजमान राई रहेका थिए। कार्यक्रममा केन्द्रीय सह–कोषाध्यक्ष सपूत राई, निवर्तमान महासचिव उद्धव राई, अतिथि छत्रबहादुर राईलगायतको सहभागिता थियो।
कार्यक्रमले बिष्णु बहादुर राईको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ। नवगठित समितिमा उपाध्यक्ष ज्ञानेन्द्र राई, सचिव शम्भु राई, सह–सचिव कमल राई र कोषाध्यक्षमा कुमार राई चयन भएका छन्।
समाजले देश तथा विदेशमा रहेका किरात देवास राईहरुको उत्थान गर्दै भाषा, कला र संस्कृतिको संरक्षणमा काम गरिरहेको छ। हालसम्म समाजका ८ जिल्ला समिति गठन भइसकेका छन्।
नवगठित समितिलाई अतिथिहरुले शुभकामना दिँदै समाजलाई जिल्लामा थप सशक्त बनाउन आग्रह गरेका थिए।
सिन्धुलीमा देवास राईको जिल्ला कार्यसमिति गठन

प्रकाशित:
शब्दको आकार



Comments
1 Comment
Good