Skip to content

नेपाल फुलकन्ट्याक्ट कराते केन्द्रीय महासंघको प्रथम भेला सम्पन्न, नयाँ कार्यसमिति चयन

नेपाल फुलकन्ट्याक्ट कराते केन्द्रीय महासंघको प्रथम भेला सम्पन्न, नयाँ कार्यसमिति चयन
प्रकाशित:
शब्दको आकार

काठमाडौं । अखिल नेपाल खेलकुद महासंघअन्तर्गत नेपाल फुलकन्ट्याक्ट कराते केन्द्रीय महासंघको प्रथम भेला तथा सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।

अजय महर्जनको अध्यक्षतामा सम्पन्न उक्त भेलाले सर्वसम्मत निर्णयमार्फत १६ सदस्यीय कार्यसमिति गठन गरेको छ। नयाँ नेतृत्वमा अध्यक्षमा अजय महर्जन चयन हुनु भएको छ भने वरिष्ठ उपाध्यक्षमा रमेश कर्माचार्य र उपाध्यक्षमा जयमान घिसिङ, मक्षमण तामाङ लगायतलाई जिम्मेवारी दिइएको छ।

त्यसैगरी सचिवमा लक्ष्मी बहादुर राई (हिमाल), सह–सचिवमा जिबन घिसिङ, कोषाध्यक्षमा मिनकुमार तामाङ चयन हुनु भएको छ। साथै विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सदस्यहरू समेत समितिमा समावेश भएका छन्।

कार्यक्रममा बोल्ने वक्ताहरूले कराते खेलको विकास, संगठनात्मक सुदृढीकरण तथा खेलाडीको हकहितको लागि नवगठित समितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

भेलाले खेल क्षेत्रलाई स्वस्थ समाज निर्माणको आधारस्तम्भका रूपमा अघि बढाउनुपर्ने निष्कर्षसमेत निकालेको छ।


साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts