Skip to content

ठमेलबाट दुई चिनियाँ नागरिक २ किलो सुन र २४ लाख नगदसहित पक्राउ

ठमेलबाट दुई चिनियाँ नागरिक २ किलो सुन र २४ लाख नगदसहित पक्राउ
प्रकाशित:
शब्दको आकार

काठमाडौं, साउन ७ – ठमेलस्थित एक होटलबाट अवैध सुन र ठूलो मात्रामा नगदसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन्। उनीहरूको स्थायी ठेगाना चीनको सियाचिन रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले सोमबार साँझ काठमाडौंको ज्याठास्थित एक चिनियाँ होटलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउको क्रममा उनीहरूबाट झण्डै २ किलोग्राम सुन२४ लाख रुपैयाँ नगद बरामद गरिएको छ।

हाल उनीहरूलाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।


साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts