Skip to content

बागमती गाउँपालिकाबाट एक पुरुष उद्धार गरि मानव सेवा आश्रममा लगियो

बागमती गाउँपालिकाबाट एक पुरुष उद्धार गरि मानव सेवा आश्रममा लगियो
प्रकाशित:
शब्दको आकार

झुरझुरे: मकवानपुरको बागमती गाउँपालिका क्षेत्रभित्र वर्षौंदेखि वेवारिसे अवस्थामा रहेका एक पुरुषलाई उद्धार गरी हेटौंडास्थित मानव सेवा आश्रममा राखिएको छ।

शुक्रबार, बागमती गाउँपालिकाको पहलमा उक्त पुरुषलाई सडकबाट उद्धार गरी सरसफाइपछि मानव सेवा आश्रम, हेटौंडा लगिएको हो। पाँच वर्षभन्दा लामो समयदेखि गाउँपालिकाका विभिन्न स्थानमा बसोबास गर्दै आएका पुरुष असहाय अवस्थामा जीवन बिताइरहेका थिए।

उद्धार कार्यमा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, नेकपा (माओवादी केन्द्र) बागमती गाउँ कमिटीका अध्यक्ष अरुण बल, वडा नम्बर ३ का अध्यक्ष कमानसिंह पाख्रीन, ४ का अध्यक्ष दल्तलाल माझी, ५ का अध्यक्ष विजय कुमार ब्लोन र नेपाल रेडक्रस सोसाइटी फापरबारी उपशाखाका प्रमुख शंकर कुमार पराजुलीको सक्रिय सहभागिता रहेको थियो।

सडकमा रहेका त्यि पुरुषलाई सफा गरि नयाँ लुगा समेत उपलब्ध गराइएको थियो। स्थानीय युवा व्यवसायी उमेश पुलामीले नयाँ लुगा सहयोग गरेका हुन्।

मानव सेवा आश्रमले हालसम्म देशभर सयौं असहाय नागरिकलाई संरक्षण र सेवा प्रदान गर्दै आएको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts