Skip to content

बागमती गाउँपालिका बेतिनीमा खुर्पा प्रहारबाट एक व्यक्तिको मृत्यु

बागमती गाउँपालिका बेतिनीमा खुर्पा प्रहारबाट एक व्यक्तिको मृत्यु
प्रकाशित:
शब्दको आकार

मकवानपुर, असार १४ – मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनीमा भएको धारिलो हतियार प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ।

शुक्रबार बिहान करिब ५:०० बजेको समयमा स्थानीय ५७ वर्षीय राम ब. वाईवालाई सोही ठाउँस्थित स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी कुमार थापाले खुर्पाले घाँटीमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए।

घटनापछि थापाले अरू कोही नजिक आए मार्ने धम्की दिँदै घटनास्थलमै बसेको जानकारी बिहान ६:३० बजे इलाका प्रहरी कार्यालय (इ.प्र.का) फापरवारीलाई प्राप्त भएको थियो। जानकारी प्राप्त हुनासाथ प्रहरीको टोली घटनास्थलमा पुगेर आरोपी थापालाई नियन्त्रणमा लिएको हो।

घाइते वाईवालाई तत्कालै उपचारका लागि सोही स्वास्थ्य चौकीमा पुर्‍याइएको भए पनि बिहान ७:४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।

शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको छ भने घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक पावल सिंह लामाको कमाण्डमा ६ जनाको टोली खटिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले प्रारम्भिक अनुसन्धान अघि बढाइसकेको र घटनाको कारण खुलाउन थप विवरण संकलन भइरहेको जनाएको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts