मेरो पत्र Logo

आयल निगमले पेट्रोल ,डिजेलको भाउ बढायो

Mero Patra
मेरो पत्र
ad
आयल निगमले पेट्रोल ,डिजेलको भाउ बढायो
adad

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छन्। इण्डियन आयल कर्पोरेशनबाट आज सोमबार प्राप्त जानकारी अनुसार नयाँ खरिद मूल्यमा वृद्धि भएर आएपछि निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

। जसअनुसार पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १७५.५०, दोस्रो वर्गमा १७७ र तेस्रो वर्गमा १७८ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गमा प्रतिलिटर १५८.५०, दोस्रो वर्गमा १६० र तेस्रो वर्गमा १६१ रुपैयाँ पुगेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिएका छन् ।

सेयर गर्नुहोस्: