Skip to content

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
प्रकाशित:
शब्दको आकार

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार साँझ बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो।

बोर्डका अनुसार यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थीले ग्रेडिङ प्रणालीअनुसार ग्रेड प्राप्त गरेका छन्। अघिल्लो वर्षको तुलनामा यस वर्षको नतिजामा उल्लेखनीय सुधार देखिएको छ। गत वर्ष ग्रेडिङ प्राप्त गर्ने विद्यार्थीको प्रतिशत ४८ थियो।

नियमिततर्फ जीपीए ३.६० देखि ४.० ल्याउने विद्यार्थीको संख्या ४८ हजार १ सय ७७ रहेको बोर्डले जनाएको छ।

२०७८ साल चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts