Skip to content

हरिहरपुरगढी शिक्षक समाजको ध्यानाकर्षण : शैक्षिक गुणस्तर अभिवृद्धिका १३ बुँदे प्रस्ताव

हरिहरपुरगढी शिक्षक समाजको ध्यानाकर्षण : शैक्षिक गुणस्तर अभिवृद्धिका १३ बुँदे प्रस्ताव
प्रकाशित:
शब्दको आकार

हरिहरपुरगढी, असार ४ – हरिहरपुरगढी स्थानीय शिक्षक समाजले गाउँपालिकाको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि १३ बुँदे शैक्षिक योजना पेश गर्दै स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ। समाजले आगामी आर्थिक वर्ष २०८२/८३ मा यी योजनाहरूलाई समावेश गर्दै कार्यान्वयन गर्न आग्रह गर्दै आज हरिहरपुरगढी गाउँपालिका शिक्षा शाखा प्रमुख रामेश्वर पुडासैनीलाई अनुरोध पत्र पेश गरिएको हो ।

शिक्षक समाजले विद्यालयमा न्यूनतम सिकाइ मापदण्ड तय गरी प्रत्येक शिक्षकले प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गर्नुपर्ने प्रस्ताव अघि सारेको छ। सो मापदण्डका आधारमा प्रोत्साहन र दण्डको व्यवस्था गर्नुपर्नेमा समेत जोड दिइएको छ।

विद्यालयको प्रभावकारी अनुगमन, वार्षिक मूल्याङ्कन सूची निर्माण, उत्कृष्ट विद्यालयको घोषणा तथा कक्षा ३ र ५ का विद्यार्थीको सिकाइ मूल्याङ्कनमा पालिकाले प्रत्यक्ष भूमिका लिनुपर्ने विषयहरू पनि प्रस्तावमा उल्लेख छन्।

शिक्षक समाजले सिकाइमा टेवा पुग्ने विविध कार्यक्रमहरू — शैक्षिक मेला, शैक्षिक सामग्री निर्माण कार्यशाला, प्रतियोगिता, अभिभावक शिक्षा, शिक्षण विधि तालिम आदि सञ्चालन गर्न बजेट सुनिश्चित गर्न माग गरेको छ।

त्यस्तै, स्थानीय विषय तथा मातृभाषाको प्रभावकारी शिक्षणका लागि पाठ्यपुस्तक निर्माण तथा पाठ्यक्रम विकासमा पालिकाले अग्रसरता देखाउनुपर्ने माग गरिएको छ। शिक्षा क्षेत्रलाई आगामी वर्षको बजेटमा पहिलो प्राथमिकता दिनुपर्नेमा पनि जोड दिइएको छ।

पालिकास्तरमै उच्च शिक्षा अध्ययनको सुविधा दिन क्याम्पस सञ्चालन, विद्यालय दिवाखाजा कार्यक्रमलाई स्थानीय उत्पादनसँग जोड्ने तथा शिक्षालाई श्रम, सीप र प्रविधिसँग समन्वय गर्दै कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रस्तावहरू पनि समाजले अघि सारेको छ।

अन्त्यमा, मदन भण्डारी राजमार्ग आसपासको क्षेत्रमा नमुना विद्यालय सञ्चालन गर्न गुरुयोजना निर्माण गर्ने र अनिवार्य बाहेक अन्य शिक्षक सरुवा शैक्षिक सत्रको अन्त्यमा मात्र गर्ने व्यवस्था मिलाउन समाजले माग गरेको छ।

समाजका अध्यक्ष नीर बहादुर मुक्तानले – गुणस्तरीय शिक्षा सुनिश्चित गर्न यी बुँदाहरू पालिकाले कार्यान्वयनमा ल्याउने हो भने सम्पूर्ण क्षेत्रको शैक्षिक सुधार सम्भव रहेको बताउनुभयो ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts