मेरो पत्र Logo

‘साधना दशक गायक सम्मान २०८१’बाट गायक चेतन राई सम्मानित

Mero Patra
मेरो पत्र
ad
‘साधना दशक गायक सम्मान २०८१’बाट गायक चेतन राई सम्मानित
adad

काठमाडौं – नेपाली सांगीतिक क्षेत्रमा योगदान पुर्‍याएका कलाकारहरूको सम्मानमा आयोजित पाँचौं साधना म्यूजिक अवार्ड – २०८१ भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा चर्चित गायक चेतन राईलाई ‘साधना दशक गायक सम्मान २०८१’ बाट सम्मानित गरिएको छ।गायक चेतन राई१६ वर्षदेखि नेपाली संगीतमा सक्रिय योगदान दिँदै आएका छन्।उनले हालसम्म ४ वटा एल्बम सार्वजनिक गरिसकेका छन्।

पाँचौँ एल्बम यो वर्षभित्र सार्वजनिक गर्ने तयारीमा छन्यही असार–श्रावण महिनामा नयाँ गीत रिलिज गर्ने योजना छ।उनले यसअघि पनि विभिन्न अवार्ड तथा सम्मानहरू प्राप्त गरिसकेका छन्

साधना म्यूजिक अवार्ड हरेक वर्ष नेपाली संगीतकर्मीहरूलाई प्रोत्साहन, सम्मान र राष्ट्रिय चिनारी प्रदान गर्दै आइरहेको छ। यसपटकको कार्यक्रमले पनि नेपाली संगीतको गौरवलाई अझ मजबुत बनाएको आयोजकले बताएका छन्।

कार्यक्रममा २२ विधामा अवार्ड वितरण गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि पूर्व गृहमन्त्री शक्ति बस्नेत रहेका थिए। कार्यक्रमको स्वागत मन्तव्य निर्देशक शान्तिप्रियले राखेका थिए भने समापन मन्तव्य आयोजक संस्था सामना म्यूजिक क्रियशनकी अध्यक्ष सामना शाहले दिइन्। कार्यक्रमको सञ्चालन दीपज्योति थापाले गरेकी थिइन्

गायिका चन्द्रकला शाहलाई ‘दीर्घ साधना कलाकारिता सम्मान’ प्रदान गरिएको छ।

नेपालको पहिलो चलचित्र ‘आमा’ का अभिनेत्रीहरू — भुवन चन्द, चैत्यदेवी र वसुन्धरा भुषाललाई ‘चलचित्रकर्मी त्रिदेवी सम्मान’ प्रदान गरिएको थियो ।

सेयर गर्नुहोस्: