मेरो पत्र Logo

झुरझुरेमा ४० दिवसीय सीप विकास तालिम सम्पन्न, युवालाई स्वरोजगारतर्फ प्रेरणा

Mero Patra
मेरो पत्र
ad
झुरझुरेमा ४० दिवसीय सीप विकास तालिम सम्पन्न, युवालाई स्वरोजगारतर्फ प्रेरणा
adad

बागमती गाउँपालिका अन्तर्गत झुरझुरेमा आयोजना गरिएको ४० दिवसीय कार्यस्थलमा आधारित सीप विकास तथा जीवनोपयोगी सीप तालिम भव्य रूपमा सम्पन्न भएको छ। “श्रमको सम्मान, राष्ट्रको अभियान” भन्ने नारासहित सञ्चालन गरिएको तालिम सडक मर्मत तथा प्लम्बिङ विषयमा केन्द्रित थियो।

तालिम समापन समारोहमा गाउँपालिका अध्यक्ष सर्केश घलान प्रमुख अतिथि रहनुहुँदै सहभागी युवाहरूलाई प्राप्त सीपलाई व्यवहारमा उतारी स्वरोजगारमा लाग्न आग्रह गर्नुभयो। उहाँले भविष्यमा यस्ता सीपमूलक तालिमलाई थप सशक्त बनाउँदै युवालाई रोजगारमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। अन्य अतिथिहरूमा वडा नं. ३ का अध्यक्ष तथा सामाजिक विकास संयोजक कमान सिंह पाख्रीन, वडा नं. ४ का अध्यक्ष दन्तलाल माझी, वडा नं. १ का कार्यवाहक अध्यक्ष हस्त बहादुर थिङ, कार्यपालिका सदस्य भिम भुजेल, अध्यक्षका स्वकीय सचिव मनोज बल र सुरेश पाख्रीन लगायतको उपस्थिति रहेको थियो।

तालिममा प्रकाश समाल, देव कुमार राई र राजेन्द्र बोहरा लगायतका दक्ष प्रशिक्षकहरूले सहभागीहरूलाई व्यवहारिक अभ्याससहितको प्रशिक्षण दिएका थिए।

४० दिनसम्म सञ्चालन भएको तालिम बागमती गाउँपालिका झुरझुरेको आयोजनामा सम्पन्न भएको हो भने Worldwide Technical Pvt. Ltd. सेवा प्रदायकको रूपमा सहकार्यमा थियो। तालिमले स्थानीय युवाहरूको सीप अभिवृद्धि गर्दै उनीहरूलाई रोजगारी तथा स्वरोजगारतर्फ अग्रसर गराउने अपेक्षा गरिएको छ।

सेयर गर्नुहोस्: