Skip to content

इजरायली आक्रमणमा इरानमा ७८ को ज्यान, ३२० भन्दा बढी घाइते

इजरायली आक्रमणमा इरानमा ७८ को ज्यान, ३२० भन्दा बढी घाइते
प्रकाशित:
शब्दको आकार

इजरायलले इरानमाथि गरेको आक्रमणमा कम्तीमा ७८ जनाको मृत्यु भएको छ भने ३२० भन्दा बढी घाइते भएका छन्।
इरानी अधिकारीहरूले आक्रमणलाई ‘बर्बर र आपराधिक’ भन्दै संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा कडा निन्दा गरेका छन्।

इरानका राष्ट्रसंघीय स्थायी प्रतिनिधि अमीर–सईद इरावानीले न्यूयोर्कमा भएको आपतकालीन बैठकमा सम्बोधन गर्दै भने,

"इजरायलले जानाजानी नागरिक क्षेत्र, आवासीय भवनहरू र आणविक पूर्वाधारहरूलाई लक्षित गरेर आक्रमण गरेको छ।"

अमेरिकामाथि समेत गम्भीर आरोप

इरावानीले अमेरिकाले इजरायललाई हतियार र सैन्य सहयोग दिएको आरोप लगाउँदै यो आक्रमणमा अमेरिकाको पनि अप्रत्यक्ष संलग्नता रहेको दाबी गरे।
उनले सुरक्षा परिषद्लाई आह्वान गर्दै भने,

"हामीले आफ्ना नागरिकहरूलाई इजरायली आक्रमण र अमेरिकी सहयोगमा गुमाएका छौँ। अब इजरायललाई जबाफदेही बनाउनुपर्छ।"

इरानको माग: इजरायलमाथि कारबाही होस्

इरानले सुरक्षा परिषद्सँग इजरायलको कारबाहीको निन्दा गर्न, उसलाई अन्तर्राष्ट्रिय रूपमा जवाफदेही बनाउने कदम चाल्न माग गरेको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts