मेरो पत्र Logo

ग्वार्को फ्लाईओभरको मुख्य संरचना निर्माण सम्पन्न, केही दिनमै सार्वजनिक यातायात सञ्चालन हुने

Mero Patra
मेरो पत्र
ad
ग्वार्को फ्लाईओभरको मुख्य संरचना निर्माण सम्पन्न, केही दिनमै सार्वजनिक यातायात सञ्चालन हुने
adad

ललितपुरको ग्वार्कोस्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य सम्पन्न भएको छ। शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको उपस्थितिमा सडक विभागको टोलीले स्थल निरीक्षण गर्दै निर्माणको प्रगति अवलोकन गरेको हो।

निरीक्षणका क्रममा मन्त्री दाहालले यो परियोजना नौलो प्रविधिमा आधारित भएकाले केही ढिलाइ भएको उल्लेख गर्नुभयो। साथै, अन्य निर्माणाधीन योजनाहरूलाई पनि चाँडो सम्पन्न गर्न मन्त्रालयले उच्च प्राथमिकता दिएको जानकारी दिनुभयो।

सडक विभागका महानिर्देशक डा. विजय जैशीले मुख्य संरचना पूर्ण भइसकेको र अब केही दिनभित्र सार्वजनिक यातायात सञ्चालन गरिने जानकारी दिनुभयो। विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले फ्लाईओभरको मध्य भागमा डिभाइडर राख्ने र केही सामान्य कामहरू मात्र बाँकी रहेको बताउनुभयो।

उनका अनुसार आगामी २३ दिनभित्र बाँकी कामहरू सम्पन्न गरी फ्लाईओभर सञ्चालनका लागि पूर्ण रूपमा खुला गरिनेछ। निर्माण कार्य ढिलाइ भइरहेपछि मन्त्री दाहालले पटक–पटक निरीक्षण तथा अनुगमन गर्दै काम छिटो सम्पन्न गर्न निर्देशन दिँदै आउनुभएको थियो।

फ्लाईओभर सञ्चालनमा आएपछि ललितपुर क्षेत्रको ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।

सेयर गर्नुहोस्: