Skip to content

कर्मीडाडा माविमा अन्तर सदन हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

कर्मीडाडा माविमा अन्तर सदन हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
प्रकाशित:
शब्दको आकार

सिन्धुली — हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ मा रहेको कर्मीडाडा माध्यमिक विद्यालयले अन्तर सदन हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ। ज्ञान, सिर्जनशीलता र प्रतिस्पर्धा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता शुक्रबार एक औपचारिक कार्यक्रमका बीच सम्पन्न भएको हो।

कार्यक्रमको संयोजक शिक्षक डिल बहादुर घलान रहनु भएको थियो भने विद्यालयका प्रधानाध्यापक दिलमान घलानको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो।

प्रतियोगितामा सहभागी विभिन्न सदनका विद्यार्थीहरूले सामाजिक, वैज्ञानिक, ऐतिहासिक तथा समसामयिक विषयवस्तुमा आधारित प्रश्नहरूको जवाफ दिँदै आपसमा प्रतिस्पर्धा गरेका थिए।

कार्यक्रममा प्रथम र द्वितीय स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई मकवानपुर गाउँपालिका–४ झुरझुरेमा रहेको शान्भी पोलिक्लिनिकका सञ्चालक डा. टिका राईले शैक्षिक सामग्री र पदक (मेडल) प्रदान गर्नुभएको थियो। उनले यस्ता कार्यक्रमले विद्यार्थीको आत्मविश्वास र नेतृत्व क्षमता विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

विद्यालय प्रशासनले आगामी दिनमा अझ प्रभावकारी रूपमा शैक्षिक गतिविधि सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts