मकवानपुरमा भरुवा बन्दुक सहित एक पक्राउ





मकवानपुर: मकवानपुर प्रहरीले भरुवा बन्दुकसहित एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-५, का ६० वर्षीय साङ दोर्जे लामा रहेका छन् ।

बिहीवार राति ९:५५ बजेको समयमा प्राप्त सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरी टोलीले लामाको घरकोठामा खानतलासी गर्दा अबैध भरुवा बन्दुक (हतियार) १ थान फेला परेको प्रहरीले जनाएको छ ।
उक्त भरुवा बन्दुक बरामद गरी लामालाई नियन्त्रणमा लिएर हातहतियार तथा खरखजना सम्बन्धी कसुर मुद्धामा थप अनुसन्धान गरिरहेको छ ।
सेयर गर्नुहोस्: