Skip to content

महेन्द्रझ्याडीमा १५ दिने तरकारी खेती तालिम सुरु

महेन्द्रझ्याडीमा १५ दिने तरकारी खेती तालिम सुरु
प्रकाशित:
शब्दको आकार

हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ४ स्थित महेन्द्रझ्याडीमा उपकार सामुदायिक सिकाइ केन्द्रको आयोजनामा १५ दिने तरकारी खेती तालिम सुरु भएको छ।

एक औपचारिक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले तालिमको उद्घाटन गर्नुभयो। कार्यक्रम उपकार सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष हिम्मत बहादुर राईको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, प्रवक्ता तथा वडा नम्बर ४ का वडा अध्यक्ष कमल कुमार राई, शिक्षा शाखा प्रमुख रामेश्वर पुडासैनी, र कृषि शाखा प्रमुख प्रवेश देवकोटा लगायतको उपस्थिति रहेको थियो।

तालिम उद्घाटन गर्दै अध्यक्ष वाइबाले यस्तो खालको व्यावसायिक तालिमले कृषकहरूलाई आत्मनिर्भर बनाउँदै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न सहयोग पुग्ने बताउनुभयो। उहाँले तालिममा सहभागी कृषकहरूलाई तरकारी खेतीलाई प्रमुख पेसाको रूपमा अंगाल्न आग्रह गर्दै गाउँपालिकाबाट आवश्यक सबै किसिमको सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो।

१५ दिने उक्त तालिममा सहभागी कृषकहरूलाई कृषि शाखाका प्रमुख प्रवेश देवकोटाले तरकारी खेती सम्बन्धी व्यवहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गर्नुहुनेछ।

स्थानीयस्तरमा कृषिमा आधारित सीपमूलक तालिमले युवाहरूलाई पनि कृषि पेशातर्फ आकर्षित गर्ने अपेक्षा लिइएको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts