Skip to content

सिन्धुलीमा लागू औषध सहित एक पक्राउ

सिन्धुलीमा लागू औषध सहित एक पक्राउ
प्रकाशित:
शब्दको आकार

सिन्धुली, २०८२ जेठ २५:सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–८ हात्तीसारका एक युवक लागू औषध सहित पक्राउ परेका छन्।

बोध बहादुर तामाङका १९ वर्षीय छोरा चन्द्र बहादुर तामाङले लागू औषध सेवन गर्ने, राख्ने तथा वितरण गर्ने गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी निरीक्षक भिम बहादुर कटुवालको कमाण्डमा खटिएको टोलीले उनको घरमा खानतलासी गरेको थियो।

जिल्ला प्रहरी कार्यालयका अनुसार, जेठ २५ गते साँझ करिब ९ बजे तामाङको सुत्ने कोठाको ओछ्यानमुनी लुकाई राखिएको अवस्थामा ७४ चक्की ट्रामाडोल फेला परेको हो। उक्त लागू औषधसहित तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts