Skip to content

हरिहरपुरगढी स्थानीय शिक्षक समाज अध्यक्षमा नीर बहादुर मोक्तान चयन

हरिहरपुरगढी स्थानीय शिक्षक समाज अध्यक्षमा नीर बहादुर मोक्तान चयन
प्रकाशित:
शब्दको आकार

सिन्धुली, हरिहरपुरगढी — हरिहरपुरगढी स्थानीय शिक्षक समाज, सिन्धुलीको प्रथम अधिवेशन तथा साधारण सभा गाउँपालिका हलमा सम्पन्न भएको छ। अधिवेशनबाट नीर बहादुर मोक्तानको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो।

विधान अनुसार संस्था दर्ता भएको तीन महिनाभित्र तदर्थ समिति विघटन गरी नयाँ कार्यसमिति गठन गर्नु पर्ने प्रावधान अनुरूप अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो।

गठित कार्यसमितिमा अध्यक्ष नीर बहादुर मोक्तान, उपाध्यक्ष सूर्य बहादुर राई, सचिव अमर बहादुर पहरी, कोषाध्यक्ष अस्मी लामा रहेका छन्। त्यसैगरी सदस्यहरूमा डिल बहादुर घलान, प्रेम बहादुर विक, सुमन कुमार राई, बाल कुमार राई र पञ्चराम वाइबा चयन भएका छन्।

सोही अवसरमा पूर्ण बहादुर गुर्मछानको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ। समितिमा सदस्यहरू सत्य राई, ठेबुवा राई, बुद्धबीर राई र छत्र बहादुर राई रहेका छन्।

कार्यक्रमको अवसरमा पालिकाभित्र बसोबास गर्ने ९ जना सेवा निवृत्त शिक्षकहरूलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरिएको थियो। कार्यक्रममा हरिहरपुरगढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकाराको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथी पैकाराले शिक्षक समाजले शिक्षकको हक, हित र अधिकारका पक्षमा प्रभावकारी भूमिका खेल्नुपर्ने उल्लेख गर्दै यस्तो संस्थागत प्रयासले समग्र शैक्षिक क्षेत्रको उन्नतिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको सन्चालन प्रेम बहादुर विकले गरेका थिए भने अधिवेशनको अध्यक्षता स्वयं संस्थाका अध्यक्ष नीर बहादुर मोक्तानले गर्नुभएको थियो।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts