Skip to content

महेन्द्रझ्याडीमा पिछडीएका समुदायका लागि पशुपालन व्यबस्थापन सम्बन्धि सीप विकास तालिम सम्पन्न

महेन्द्रझ्याडीमा पिछडीएका समुदायका लागि पशुपालन व्यबस्थापन सम्बन्धि सीप विकास तालिम सम्पन्न
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी वडा नम्बर ४ महेन्द्रझ्याड़ीमा पिछडीएका समुदायको उत्थानको लागि उधमशिलता परियोजना अन्तर्गत अध्यक्ष उधम शिलता बिकास कार्यक्रम पशुपालन व्यबस्थापन सम्बन्धि सीप विकास तालिम सम्पन्न भएको छ।


जेठ १५ देखि १९ गतेको सम्म चलेको तालिममा ३० जनाको सहभागी रहेको थियो।
सहभागीहरूलाई  हरिहरपुरगढी पशुपन्छी विकास शाखा प्रमुख गोविन्द मण्डल र पशु प्राविधिक विपिनजंग राईले तालिम दिएका थिए।

५ दिने तालिममा सहभागी किसानलाई पशुमा लाग्ने रोगबारे जानकारी त्यसका लक्षणहरू ,व्यवस्थापन ,घासहरुको उत्पादन, दाना उत्पादन बारे जानकारी दिइएको थियो।
तालिम समापन कार्यक्रममा प्रमुख आतिथ्यता प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकाराको रहेको थियो भने आर्थिक विकास शाखा प्रमुख संजित कार्की ,हरिहरपुरगढी पशुपन्छी विकास शाखा प्रमुख गोविन्द मण्डल र पशु प्राविधिक विपिनजंग राई,वडा सचिव जीतमाया घिसिङ्ग लगायतको उपस्थित रहेको थियो।
कार्यक्रममा बोल्नुहुदै प्रमुख प्रशासकीय अधिकृत पैकाराले यो तालिम पश्चात पशुपालक कृषकहरूमा पशुपालनमा फाइदा हुने तथा आफ्नो आर्थिक विकासमा बृदि हुने बताउनुभयो।
कार्यक्रममा ३० जना कृषकहरूलाई पशुको तापक्रम मापन गर्ने थर्मोमिटर वितरण गरिएको थियो।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts