Skip to content

हरिहरपुरगढी वडा नम्बर १ चिसापानीमा ‘एकीकृत घुम्ती शिविर’ सम्पन्न

हरिहरपुरगढी वडा नम्बर १ चिसापानीमा ‘एकीकृत घुम्ती शिविर’ सम्पन्न
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ सामुदायिक स्वास्थ्य इकाई चिसापानीमा ‘एकीकृत घुम्ती शिविर’ सम्पन्न भएको छ। शिविर मार्फत १८४ जना सेवाग्राही लाभान्वित भएका छन ।
शिविरमा वडा नम्बर १ का वडा अध्यक्ष जित बहादुर थिङ, पञ्जीकरण शाखा प्रमुख मनोराज घिसिङ तथा शाखागत कर्मचारीको उपस्थितीमा स्थानीयहरुलाई सेवा प्रदान गरिएको थियो ।


शिविरमा ९७ जनालाई सामाजिक सुरक्षा भत्ता, ४० जनालाई ज्येष्ठ नागरिक परिचयपत्र,अपाङ्ग परिचय पत्र २ जना यसैगरी ४५ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिनुका साथै ४७० वटा पशुको समेत उपचार गरिएको छ ।


हरिहरपुरगढी गाउँपालिकाको ’तेस्रो त्रैमासिक एकीकृत घुम्ती शिविर’ जेठ ५ गतेका दिन वडा नम्बर ८ बाट शुभारम्भ गरिएको थियो । गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले घुम्ती शिविरको उद्घाटन गर्नुभएको थियो ।


भौगोलिक जटिलता, वृद्धवृद्धा तथा अपाङ्गता भएका कारण सेवाबाट वञ्चित भएका जनतालाई घरघरमै सेवा प्रदान गर्ने उद्देश्यले सबै वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने कार्यक्रम छ ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts