मेरो पत्र Logo

हरिहरपुरगढीमा पोषण सप्ताह कार्यक्रम समापन

Mero Patra
मेरो पत्र
ad
हरिहरपुरगढीमा पोषण सप्ताह कार्यक्रम समापन
adad

सिन्धुलीको हरिहरपुगढी गाउँपालिकामा आयोजना भएको पोषण सप्ताह सप्पन्न भएको छ ।
देशभरी जेठ १ देखि ७ गतेसम्म संचालन भएको पोषण सप्ताह कार्यक्रम अन्तर्गत हरिहरपुरगढीमा पनि कार्यक्रम भएको हो ।
सिन्धुलीको हरिहरपुरगढीले जेठ १ देखि जेठ ७ गते सम्म पोषण सप्ताह अन्तर्गत पालिकाको विद्यालयहरुमा विविध कार्यक्रम गरि मनाइएको हरिहरपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मनोज सुयाल मगरले बताउनुभयो ।


सप्ताहव्यापी अन्तर्गत पहिलो दिन पोषण प्रदर्शनी, दोस्रो दिन जुकाको औषधि खुवाउने, तेस्रो दिन स्वस्थ बालबालिका प्रोत्साहन तथा सुनौलो एक हजार दिनका आमाहरुलाई पोषण कार्यक्रम र चौंथो दिन समुदायमा चेतनामूलक कार्यक्रम आयोजना भएको थियो । यस्तै पाँचौ दिन पोषण अभिलेख क्रियाकलाप, छैटौं र सातौं दिन सरसफाइ आयोजना भएको थियो।

हरिहरपुरगढी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र कुमार पैकाराले १बिद्यार्थीहरुलाई समय समयमा पोषण सम्बन्धी ज्ञान दिनुपर्ने बताउनुभयो । यसो भएमा विद्यार्थीबाट अभिभावकमा पनि चेतना फैलिने उहाँको भनाई छ ।
पालिकाको ३ वटा माध्यामिक विद्यालयहरु मावि महेन्द्र झ्याडी, जनता मावि बखफर, हरिहरपुर मावि घण्टेमा विद्यालय नर्सद्वारा विद्यार्थीहरुलाई पोषण सम्बन्धी शिक्षा साताभरि नै दिइएको थियो ।


सेयर गर्नुहोस्:
adad