Skip to content

बागमतीमा आधारभूत स्काउट तालिम सुरु: अध्यक्ष, उपाध्यक्ष र प्रशासकीय अधिकृत स्काउटबाट दिक्षित

बागमतीमा आधारभूत स्काउट तालिम सुरु: अध्यक्ष, उपाध्यक्ष र प्रशासकीय अधिकृत स्काउटबाट दिक्षित
प्रकाशित:
शब्दको आकार

बागमती: मकवानपुरको बागमती गाउँपालिकामा स्काउट सम्बन्धि आधारभूत तालिम सुरु भएको छ । बागमती गाउँपालिकाको आयोजना तथा स्थानीय स्काउट कार्यालय बागमती गाउँपालिकाको समन्वयमा बुधबारबाट तालिम सुरु भएको हो ।

बागमती गाउँपालिकाका उपाध्यक्ष एवम् स्काउट प्रमुख फणीन्द्र कुमार तिमल्सिनाको सभाध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यता भएको तालिम उद्घाटन भएको छ।

गाउँपालिकाका अध्यक्ष घलान, उपाध्यक्ष तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, सामाजिक विकास समितिका संयोजक कमानसिं पाख्रीन, शिक्षा शाखाका प्रमुख प्रकाश चन्द, शिक्षा शाखाका प्रतिनिधि प्रमोद कुमार राई र गाउँपालिकाका अध्यक्ष घलानको स्वकीय सचीव मनोज बल स्काउटबाट दिक्षित हुनुभएको छ ।

स्काउटका केन्द्रीय कार्य समिति सदस्य एवम् कोर्ष लिडर असोक सारु मगरले गाउँपालिकाका अध्यक्ष सर्केश घलानलाई दिक्षित गराउनुभयो भने बाँकीलाई अध्यक्ष घलानले दिक्षित गराउनुभएको हो । यस्तै १२ विद्यालय प्रधानाध्यापकहरुलाई पनि स्काउटबाट दिक्षित गरिएका छन् । तालिममा १९ विद्यालयबाट ५६ जना सहभागी छन् ।
बाँकीलाई जेठ १२ गते हुने समापनमा दिक्षित गरिनेछन् ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts