मेरो पत्र Logo

स्याहारकर्ताहरुको मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थाबारे अन्तरक्रिया

Mero Patra
मेरो पत्र
ad
स्याहारकर्ताहरुको मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थाबारे अन्तरक्रिया
adad

बागमती: मकवानपुरको बागमती गाउँपालिकामा बहुसांस्कृतीक मनोसामाजिक संस्था (टि.पि.ओ नेपाल) र केयर्स वल्डवाइडको प्राविधिक सहयोगमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थाबारे एक दिवसीय अन्तरक्रिया भएको छ ।

बिहीवार स्याहरकर्ताहरुको लागि समुदायस्तरीय आधारभूत मनोसामाजिक कार्यक्रम अन्तर्गत गरिएका क्रियाकलापहरु तथा स्याहारकर्ताहरुमा गरिएको अध्ययनबाट प्राप्त प्रारम्भिक उपलब्धिहरुका बारेमा अन्तरक्रिया भएको हो ।

अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले मनोसामाजिक परामर्श समयमा दिन सक्नुपर्ने बताउनुभयो । उहाँले तनाव व्यवस्थापन गर्न मनोपरामर्श आवश्यक रहेको बताउनुहुँदै स्याहारकर्तालाई यस्तो कार्यक्रम राम्रो भएको बताउनुभयो । यो कार्यक्रमका लागि सबैले साथ दिनुपर्ने उहाँको भनाई छ ।

अन्तरक्रियामा केयर्स वल्डवाइडका प्रमुख डा.अनिल पाटिल, टिपिओ नेपालका सुरज कोइराला, रमेश अधिकारी र श्री निवास खनालले प्रस्तुतीकरण राख्नुभएको थियो ।
अन्तरक्रियामा मानसिक तथा मनोसामाजिक समस्या र त्यस कारणहरु र उपचारका बारेमा जानकारी एवं सिपहरु, आधाभूत सञ्चार सिप, आत्महत्याका कारण, उपचार र रोकथाम बिषयक जानकारी, रुपान्तरीत विकृती, उदाशिनता, चिन्ताजन्य समस्या, बालबालीकाहरुको ब्यबहारगत समस्या र त्यस्ता समस्यामा प्रदान गर्ने मनोशिक्षा, सिफारिस, उपलब्ध मानसिक तथा मनोसामाजिक सहयोग सम्बन्धि श्रोतहरु, विद्यालयमा मानसिक स्वास्थ्यको सुनिश्चितता लगायतका बिषयमा छलफल भएको छ । बागमती गाउँपालिकाका शिक्षा शाखाका प्रमुख दिनेश कुमार गुप्ताले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

बागमती गाउँंपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीको सभाध्यक्ष तथा अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रियामा गाउँपालिकाका उपाध्यक्ष फडिन्द्र तिमल्सिना, वडाका वडा अध्यक्षहरु तथा पालिकाको विभिन्न शाखाका प्रमुख र महिला स्वयंसेविकाहरुको सहभागिता रहेको थियो ।

सेयर गर्नुहोस्:
adad