मेरो पत्र Logo

हरिहरपुरगढीको झनझनेमा गाँजा सहित गाडी चालक पक्राउ

Mero Patra
मेरो पत्र
ad
हरिहरपुरगढीको झनझनेमा गाँजा सहित गाडी चालक पक्राउ
adad

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर २ झनझने स्थित मदनभण्डारी राजमार्गमा रहेको झनझने प्रहरी चेकपोष्टमा लागू औषध गाँजा सहित गाडी चालक पक्राउ परेका छन ।

आज बिहान ४ बजे प्रहरी नायब निरीक्षक प्रकाश भण्डारीको कमाण्डमा खटिएको प्रहरि टोलीले चेकजाँच गर्ने क्रममा हेटौंडाको कुलेखानिबाट सिन्धुली तर्फ आउँदै गरेको जिल्ला रौतहट गरुडा न.पा. वडा नं. ०४ बस्ने अं. वर्ष १९ को गोपाल साहले चलाएको प्र.२-०३-००१ च. ५६७१ नं. को सिमेन्ट लोड बलेरो पिकअप गाडी चेकजाँच गर्दा सिमेन्टको बोराले छोपी लुकाई-छिपाई ल्याएको अन्दाजी १५ के.जि. बराबरको ७ पोका तौल गर्दा अन्दाजी १०७.११ के.जिगाँजा वरामद भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

लागू औषध गांजा सहित चालक र गाडीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरिले जनाएको छ ।

सेयर गर्नुहोस्:
adad