मेरो पत्र Logo

हरिहरपुरगढीका आगलागी पीडित मगरले पाए गाउँपालिकाबाट राहत

Mero Patra
मेरो पत्र
ad
हरिहरपुरगढीका आगलागी पीडित मगरले पाए गाउँपालिकाबाट राहत
adad

सिन्धुली: सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका एक आगलागी पीडित परिवारले राहत सामग्री पाएको छ। बुधबार गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबाले आगलागीबाट पीडित हरिहरपुरगढी-४ स्थित गुडखोलाका ३५ वर्षीय वर्षीय डिल बहादुर पुलामीलाई राहत सामग्री वितरण गर्नुभएको हो ।

सोमबार दिउँसो मगरको खरले छाएको काठ र बाँसले बनेको १ तले घरमा ब्याट्री पडकिएर आगलागी भएपछि घर पुर्ण रुपमा जलेर नष्ट भएको थियो । आगलागी हुँदा २५ मुरी मकै, ३० मुरी धान, १५ मुरी कोदो का साथै भाडाकुडा तथा लत्ताकपडा जलेर नष्ट भएको थियो ।

गाउँपालिकाले मगरलाई चामल ७५ केजी, दाल ५ केजी, नुन २ केजी, जिरा आधा केजि, सोयाविन १ केजी, तेल ४ लिटर, लुगाधुने सावुन१२ थान, नुहाउने सावुन ६थान, बेसार आधा केजी, मिक्स मसला आधा केजी , चाउचाउ ३ कार्टुन, चिउरा १ बोरा, आटा १० केजी र दालमोठ ८ केजी वितरण गरिएको छ । यस्तै कराई, डेक्ची कसौडी, डाडू,पन्यु र वाल्टिन १-१ थान, थाल, कचौरा १०-१० थान ,आरी, वाटा, चक्कु, चपवोर्ड, जगमग १-१ थान, गिलास ६ थान, झुल, तन्ना, तकिया, व्याङकेट पातलो ५-५ थान, त्रिपाल २ थान र म्याट २० मिटर वितरण गरिएको छ ।

सेयर गर्नुहोस्:
adad