मेरो पत्र Logo

हरिहरपुरगढी पान्तलेमा शारीरिक अपाङ्गता पहिचान तथा स्वास्थ्य परीक्षण घुम्ती शिविर सञ्चालन

Mero Patra
मेरो पत्र
ad
हरिहरपुरगढी पान्तलेमा शारीरिक अपाङ्गता पहिचान तथा स्वास्थ्य परीक्षण घुम्ती शिविर सञ्चालन
adad

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नं. ८ पान्तलेमा शारीरिक अपाङ्गता पहिचान तथा स्वास्थ्य परीक्षण घुम्ती शिविर सञ्चालन गरिएको छ ।

हरिहरपुरगढी गाउँपालिका र विकलाङ्ग मित्र समूह/अपाङ्गता बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र (एचआरडिसी), बनेपा, काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा आज शिविर सम्पन्न भएको हो ।
शिविर वडा नम्बर ८ का वडा अध्यक्ष धनबहादुर मोक्तानको अध्यक्षता तथा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष चेखबहादुर थिङको उपस्थितीमा शिविरको उद्घाटन गरिएको थियो ।

हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले शारीरिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरुको स्वास्थ्य परीक्षण तथा उनीहरुको पुनस्र्थापना गर्ने उद्देश्यले घुम्ती शिविर सञ्चालन गरिएको बताउनुभयो । उहाँले गाउँपालिकाले यसअघि विभिन्न स्थानमा स्वास्थ्य शिविर आयोजना गरेको र अपाङ्गता भएकाहरुका केन्द्रित गरेर यो शिविर आयोजना गरिएको जानकारी दिनुभयो । अपाङ्गता भएकोहरुको स्वास्थ्य र पुनर्स्थापना एचआरडिसीले गर्दै आएको काम उदाहरणीय भएको भन्दै उहाँले प्रशंसा गर्नुभयो ।


यसअघि वडा नं. ६, ७ र ८ निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी १ हजारभन्दा बढी बिरामीलाई सेवा पु¥याएको उहाँले बताउनुभयो । भर्खरै सम्पन्न गरेको निःशुल्क दन्त तथा आँखा शिविर अत्यन्त प्रभावकारी भएको उल्लेख गर्नुहुँदै उहाँले सरकारले दिने स्वास्थ्य सेवामा विश्वास गर्न आग्रह गर्नुभयो । उक्त शिविरमा वर्षौंदेखि आँखा देख्ने व्यक्तिहरु उपचारपछि देख्ने भएको चर्चा गर्नुहुँदै उहाँले वास्तविक भगवान् शिलामा होइन मान्छेसँगै हुन्छ भन्ने त्यसबाट प्रमाणित भएको बताउनुभयो ।


स्थानीय सरकार प्रभावकारी स्वास्थ्य सेवा दिन लागिपरेको तर कतिपय नकारात्मक विचार भएका व्यक्तिहरुका कारण सरकारले गरिदिने उपचारमा अविश्वास गर्ने प्रवृत्ति समाजमा रहेको उहाँको भनाइ छ । यस्तो प्रवृत्तिका कारण उपचार गराउनै पर्ने बिरामीसमेत छुट्ने गरेकोले त्यस्तो विकृत सोच हटाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।


गाउँपालिकाका उपाध्यक्ष चेखबहादुर थिङले जन्मँदै अपाङ्गता भएका र पछि दुर्घट्ना वा कुनै कारण अपाङ्गता हुन पुगेका बालबालिका तथा व्यक्तिहरुलाई एचआरडिसीले पुर्याउदै आएको मानवीय सेवा प्रशंसायोग्य भएको बताउनुभयो । उहाँले फरक क्षमता भएका बालबालिका तथा व्यक्तिहरुको भविष्य सहज बनाउन गाउँपालिकाले एचआरडिसीसँग सहकार्य गरेर शिविर आयोजना गरिएको बताउनुभयो ।

सेयर गर्नुहोस्:
adad