मेरो पत्र Logo

बागमतीमा खोरेत खोप धमाधम लगाउन सुरु

Mero Patra
मेरो पत्र
ad
बागमतीमा खोरेत खोप धमाधम लगाउन सुरु
adad

बागमतीः मकवानपुरको बागमती गाउँपालिकामा गाईभैसी लगायत पशुचौपायामा खारेत खोप लगाउने कार्य जारी छ । पालिकाको पशुपंक्षी विकास शाखाकोे व्यवस्थापनमा धमाधम खारेत खोप लगाउने कार्य भइरहेको पशु चिकित्सक डा.विमल सिलवालले जानकारी दिनुभयो ।
सिलवालका अनुसार सबै वडामा खोप पुगिसकेर लगाउन कार्य जारी छ । शाखाका प्राविधिक राजेन्द्र गोलेको अनुसार बागमती गाउँपालिकामा बैशाख ३० गते मंगलबारसम्म ३ हजार ५ सय ९० खोरत खोप लगाइएको छ ।

मंगलबारसम्म वडा नम्बर ६ मा २ सय ५०, वडा नम्बर ९ मा १ हजार ३ सय ५०, वडा नम्बर ५ मा ४ सय, वडा नम्बर ७ मा १ सय ४ र ८ नम्बर वडामा ५ सय ५० खोप लगाएको छ । बाँकी वडामा खोप लगाउनका लागि तयारी पुरा भएको गोलेले बताउनुभयो ।

उहाँका अनुसार पालिकाभरी योे पटक लागि १० हजार खोप लगाउने लक्ष्य छ । खोप अभियानमा आफ्‌नो पशुचौपायाहरुलाई खोप लगाउन उहाँले कृषकहरुलाई आग्रह गर्नुभएको छ ।

सेयर गर्नुहोस्:
adad