Skip to content

हरिहरपुरगढीमा विद्यार्थीले गरे जेष्ठ नागरिकलाई सम्मान

हरिहरपुरगढीमा विद्यार्थीले गरे जेष्ठ नागरिकलाई सम्मान
प्रकाशित:
शब्दको आकार

हरिहरपुरगढी,सिन्धुली
हरिहरपुरगढीको जनप्रभात आधारभूत बिद्यालयले आज एक कार्यक्रम गरि जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ। ज्येष्ठ नागरिक दिवसका अवसर पारेर स्थानिय ६ जना जेष्ठ नागरिकहरुलाई बिद्यार्थीहरुले सम्मान गरेको हो।


कार्यक्रममा स्थानिय समाजसेबी तथा झनझने टोल सुधार समिति अध्यक्ष जित बहादुर राई ,स्थानिय समाजसेबी तथा कृषक कमल राई ,गोरख राई ,बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष सन्चमान सिङ्गतान तथा बिद्यालयका प्रधानाध्यापक छत्र बहादुर राईको आतिथ्यतामा भएको सम्मान कार्यक्रममा स्थानिय जेष्ठ नागरिकहरु मान बहादुर सिन्चुरी ,इन्द्र बहादुर बिश्वकर्मा ,धनमाया राई ,सन्तली राई ,जित बहादुर राई ,बुद्धिबल बिश्वकर्मालाई खादा ओढाएर सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्नुहुदै बिद्यालय प्रधानाध्यापक राईले बालबालिका, बिद्यार्थीहरुलाई जेष्ठ नागरिक कस्तो हुन्छ ,हामीले कसरि र किन सम्मान गर्नु पर्छ भन्ने यो कार्यक्रम पनि एउटा सिकाई हो भन्नु भएको थियो ,,बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष सन्चमान सिङ्गतानको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई बिद्यालयको शिक्षिका लक्ष्मी न्यौपानेले संचालन गर्नु भएको थियो

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts