मेरो पत्र Logo

सामुदायिक वालविकास सिकाई केन्द्र जग्गादातालाई हरिहरपुरगढी गाउँपालिकाद्वारा सम्मान

Mero Patra
मेरो पत्र
ad
सामुदायिक वालविकास सिकाई केन्द्र जग्गादातालाई हरिहरपुरगढी गाउँपालिकाद्वारा सम्मान
adad

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ५ स्थित मिलनचोक सामुदायिक वालविकास सिकाई केन्द्रलाई ३ कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराउनुहुने जग्गादाता पञ्चलाल योन्जनलाई सम्मानपत्र,मायाको चिनो तथा दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

मंगलबार पालिकाको सभाहलमा एक कार्यक्रम बीच पालिका अध्यक्ष वज्रध्वज वाइबाको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष चेखबहादुर थिङको आतिथ्यता ,वडा नम्बर ५ का वडा अध्यक्ष साईला लामाको अध्यक्षतामा शैक्षिक तथा भौतिक पुर्वाधार विकासमा अमूल्य योगदान गरेकोमा जग्गादाता पञ्चलाल योन्जनलाई सम्मान गरिएको थियो ।


सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले द्वारखोला र लाटीखोलाले गर्दा मिलनचोकका स्थानीयलाई बालबालिकालाई विद्यालय पठाउन असहज भइरहेको त्यस्तै शिशुकक्षाका बालबालिका हिँडेर आवतजावत गर्न नसक्ने गुनासो आएको बताउनुभयो ।


उहाँले सो ठाउँको अवलोकन गरेपछि वालविकास सिकाई केन्द्रको लागि दुईकोठे ट्रष्ट भवन गाउँपालिकाले निर्माण गरिदिने तर जग्गा स्थानियले उपलब्ध गराउनुपर्छ भन्ने बचन दिनुभएको थियो । त्यसैले सोहि ठाउँमा जन्मिनुभएर काठमान्डौँ बसोबास गर्दै आउनु भएका पञ्चलाल योन्जनले शिक्षाको लागि आफु जस्तै शहर केन्द्रित हुननपरोस् भनेर जग्गा उपलब्ध गराउनुभएकोमा उहाँले आभार व्यक्त गर्नुभयो । त्यस्तै उहाँले खोलामा तटबन्धन पनि गरिने बताउनुभयो ।


हरिहरपुरगढी गाउँपालिकाका उपाध्यक्ष चेखबहादुर थिङले वालविकास सिकाई केन्द्र शिक्षार्को जग’ भएको उल्लेख गर्नुभयो । उहाँले यो समय भनेको खेल्ने,खाने र सिक्ने उमेर भएकोले अझै महत्वपुर्ण र संवेदनशील उमेर हुने बताउनुभयो ।

यहि समयलेनै पछिको भविष्य निर्धारण गर्ने भएको समयका बालबालिकालाई शिकाई केन्द्र निर्माणको लागि जग्गा उपलब्ध गराएकोमा उहाँले जग्गादातालाई धन्यवाद व्यक्त गर्नुभयो ।
हरिहरपुरगढी गाउँपालिकाले गत चैतबाटनै मिलनचोक सामुदायिक वालविकास सिकाई केन्द्रको अस्थाइ भवनमा बालबालिकालाई अध्ययन,अध्यापन सुरु गरिसकेको छ ।

सेयर गर्नुहोस्:
adad