मेरो पत्र Logo
मेरो पत्र Logo
सेयर गर्नुहोस्:

हरिहरपुरगढीमा ३ दिने नि: शुल्क आँखा तथा दन्त शिविर सम्पन्न

Mero Patra
मेरो पत्र
ad
हरिहरपुरगढीमा ३ दिने नि: शुल्क आँखा तथा दन्त शिविर सम्पन्न
adad

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा सञ्चालित तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर सम्पन्न भएको छ । वैशाख २३ गतेबाट सुरु भएको शिविर आज सकिएको हो ।
हरिहरपुगढी गाउँपालिकाको आर्थिक सहयोगमा ओम चाबहिल डेण्टल हस्पिटल र नेपाल आँखा अस्पताल त्रिपुरेश्वरसँगको प्राविधिक सहयोगमा आयोजित संयुक्त शिविरमा दाँत तथा आँखाका बिरामीरुले लाभ लिएका छन ।


हरिहरपुरगढी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडा अध्यक्ष कमल कुमार राईले ओम चाबहिल डेण्टल हस्पिटलका डाक्टरहरु तथा नर्सहरुलाई प्रमाण पत्रका प्रदान गर्नुका साथै धन्यवाद ज्ञापन गर्नुभएको थियो । भौगोलिक विकटता तथा न्यून जिवनस्तरका कारण यहाँका स्थानियले दाँतमा समस्या आएपनि सेवा लिन नपाएको उहाँले बताउनुभयो । गाउँपालिकाको आर्थिक सहयोगमा ओम चाबहिल डेण्टल हस्पिटलको प्राविधिक सहयोगमा जनताले सेवा लिन पाएकोमा उहाँले खुसी व्यत्त गर्नुभयो ।
ओम चाबहिल डेण्टल हस्पिटलका डाक्टर कृष्ण घिमिरेले शिविरमा ३५० जनाको दाँत निकालिएको जानकारी दिनुभयो । साथै, १८० जनाको दाँत सफाइ साथै अन्य गरी लगभग ६ सय २५ जनाले सेवा लिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार धेरै बिरामी दाँत निकाल्नुपर्ने, सफा गर्नुपर्ने देखिएको थियो । दाँत भर्नुपर्ने बिरामी भने कमै देखिएको उहाँले बताउनुभयो । ‘शिविरमा आउने अधिकांश बिरामी दाँतको समस्या भएका हुनुहुन्थ्यो । सिन्धुली गएर दाँत निकाल्न नसकेका बिरामीहरुको दाँत निकालिदियौं,’ उहाँले भन्नुभयो, ‘बिरामीहरुको अवस्था हेर्दा यहाँ ६–६ महिनामा शिविर ल्याउनुपर्ने देखियो । हामी आउन तयार छौं ।’
शिविरमा आज पनि मोतियाबिन्दु भएका १३ जना बिरामीको आँखाका शल्यक्रिया गरिएको छ । शुक्रबार (भोलि) बिहान बिरामीहरुको आँखाको पट्टि खोलिने छ ।

ad