सिन्धुली हरिहरपुरगढीमा एमाले पार्टी कार्यालय भवनको शिलान्यास





सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर २ झनझनेमा नेपाल कम्युनिस्ट पार्टी एमाले हरिहरपुरगढीको पार्टी कार्यालयको शिलान्यास भएको छ।
जग्गा दाताहरु हिरा लामा र इन्द्रबहादुर राईबाट प्राप्त दश धुर जमिनमा कार्यालय निर्माण हुने भएको हो ।

हिजो शुक्रबार भएको शिलान्यास कार्यक्रमा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य एबंम सिन्धुली जिल्ला इन्चार्ज मनोज जंग थापा, केन्द्रिय सदस्यहरु बिषमलाल अधिकारी दनुवार,कमल जंग राई,उमा कोईराला,बागमती प्रदेश कमिटी सदस्यद्वय प्रदीप कटुवाल,हिरा लामा र सिन्धुली जिल्ला कमिटी अध्यक्ष महेन्द्रदेब श्रेष्ठ , हरिहरपुरगढी पार्टी कमिटी अध्यक्ष मान बहादुर वाइबा, जिल्ला सदस्य झलक माझी वडा नम्बर १ का बडा अध्यक्ष जित बहादुर थिङलगायतको उपस्थितीमा शिलान्यास कार्यक्रम सम्पन्न भएको थियो ।
