आज शुक्रबार मदनभण्डारी राजमार्ग अन्तर्गत हरिहरपुरगढी गाउँपालिकाको वडा नम्बर २ स्थित श्रीपुर बजार देखि भाइरल जङ्गलको सडकको दायाँबाँया सरसरफाई गरिएको छ ।
पर्यटकीय र रमणिय स्थल बनाउँने उदेश्यका साथ हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाईबा,प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, प्रहरी,ट्राफिक प्रहरी लगायत स्थानियको सक्रिय सहभागितामा सरसफाई गरिएको थियो ।

सडकमा राजमार्गको सुन्दरतामा फोहोर र झाडिले भरिन थालेपछि सरसफाई सुरु गरिएको हो । नयाँ बर्षमा पर्यटकलाई आकर्षण तथा पर्यटन प्रबर्द्धनका लागि पार्क निर्माण,सरसफाई, रंगरोगन, हरियाली वनाउनका लागि जनश्रमदानद्धारा जुटिएको छ ।

हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले एउटाको घर सफा हुदा समुदायनै सफा हुने भएकाले आफ्नो घरबाट वा पसलबाट निस्कने फोहोर आफै व्यवस्थापन गर्न ,आफ्नो घर आसपासमा सफागर्न समुदायका मानिसलाई आग्रह गर्नुभयो ।
सडकमा फोहोर फाल्दा राजमार्गकै मुहार बिग्रिने भएकोले सडकमा फोहोर फाल्नेलाई जरिवाना गरिने जानकारी दिनुभयो ।




