Skip to content

बागमतीमा गाउँपालिकामा सामाजिक कुरिती विरुद्ध जनचेतना कार्यक्रम

बागमतीमा गाउँपालिकामा सामाजिक कुरिती विरुद्ध जनचेतना कार्यक्रम
प्रकाशित:
शब्दको आकार

बागमती: मकवानपुरको बागमती गाउँपालिकामा सामाजिक कुरिती विरुद्ध जनचेतना कार्यक्रम भएको छ । बुधबार जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा बागमती गाउँपालिकाको कार्यालयमा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्नुहुँदै जिसस प्रमुख ललित घलानले समाजमा अहिले पहिलाको तुलनामा कुरिती कम रहे पनि अझै केही भने रहेको बताउनुभयो । अहिलेको संविधानले धेरै अधिकार पाएको उहाँको भनाइ छ । उहाँले अहिले महिला, सबै जातजाति, वर्ग र लिङ्गलाई अहिलेको संविधानले अधिकार दिएको बताउनुभयो । राज्यको विभिन्न निकायमा समावेशी सहभागीता भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा गैर सरकारी संघ बागमती प्रदेशका अध्यक्ष कमल कुमार विश्वकर्माले सामाजिक कुरिती, जातीय छुवाछूत र विभेद तथा कानुनी प्रावधानबारे प्रस्तुति राख्नुभएको थियो भने हेटौंडा उपमहानगरपालिकाकी निर्देशक विष्णु कुमारी लामिछानेले बाल विवाह, लैंगिक हिंसा र कानुनी प्रावधानबारे प्रस्तुति राख्नुभयो ।

कार्यक्रममा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, जिल्ला समन्वय समिति मकवानपुरका सदस्यहरु खड्क बहादुर पुलामी, तारा ढुंगाना, सुनिता दर्नाल, जिल्ला समन्वय अधिकारी शान्ति विश्वकर्मा, बागमती गाउँपालिकाका उपाध्यक्ष फडिन्द्र तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, वडाध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, शिक्षक र सामाजिक अगुवाहरूको उपस्थिति रहेको थियो ।

,,,,

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts