Skip to content

हरिहरपुरगढीको बिकट क्षेत्र कोक्टिमा बिद्यालय भवनको शिलान्यास

हरिहरपुरगढीको बिकट क्षेत्र कोक्टिमा बिद्यालय भवनको शिलान्यास
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ कोक्टि स्थित कालिका आधारभूत विद्यालयमा निर्माण हुन थालेको नव निर्मित भवनको शिलान्यास गरिएको छ ।

नव निर्मित भवनको लामाद्धारा विधिपुर्वक पूजाआज गरी हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाईबाले शिलान्यास गर्नुभएको हो ।

भवनको शिलान्यास गर्नुहुँदै हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाईबाले भौगोलिक हिसाबले निकै विकट रहेको कोक्टीमा शिक्षाको क्षेत्रमा भौतिक पुर्बाधारहरु निर्माणमा गाउँपालिका लागि परेको बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षाको लागि शिक्षक, अभिभावक र विद्यार्थी सबैको भूमिका रहेको बताउनुभयो ।

संघिय सरकारबाट हस्तानतरित कार्यक्रम ( विशेष अनुदान ) को भ्याट सहित चारकोठे आरसिसि भवन ८९ लाख ८८ हजार ६२३ रुपैयाँ लागतमा कालिका आधारभुत विद्यालय र सोहि वडाको चिसापानी स्थित जनज्योति आधारभुत विद्यालयको भवन एउटै प्याकेजमा निर्माण हुन लागेको हो ।

सिकाक हुस्से निर्माण सेवाले २०८१ मंशिर ७ गते गाउँपालिकासँग २०८२ जेठ २५ गते निर्माण सम्पन्न गरी हस्तानतरण गर्ने गरी सम्झौता गरेको थियो । शिलान्यास कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष जित बहादुर थिङ, नि-वर्तमान वडा अध्यक्ष कार्साङ घलान, वडा सदस्य शुसिङ घिसिङ, चक्र बहादुर स्याङबा, न्यायीक सहजकर्ता लाेक बहादुर गाेले, सव-इन्जिनियर विश्व थापा मगर, वडा सचिव लक्ष्मण वाइबा, वि.व्य.स. अध्यक्ष डम्बर बहादुर याेन्जन, स्थानीय बुद्धिजीवी, कर्मचारीहरु लगायत उपस्थिती रहेको थियो ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts