सातौं बागमती गोल्डकप: आज थ्री स्टार र हिमालयन शेर्पा भिड्दै





बागमती: सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत मङलबार दोस्रो क्वाटरफाइनलको खेल हुँदैछ। बागमती-४ स्थित सहिद स्मृति रंगशालामा खेलमा थ्री स्टार क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । दुवै टिम जीत निकाल्ने योजनासहित मैदान उत्रनेछ । गोल्डकपमा दुवै टिम सफल टोलि हो । थ्री स्टार चौथो संस्करणको विजेता हो भने हिमालयन शेर्पा तेसो संस्करणको उपविजेता हो । चौथो संस्करणमा विदेशी टोलि अफ्रिकन रुट्स एसोसिएसनलाई हराउँदै थ्री स्टारले उपाधी जितेको थियो भने तेसो संस्करण हिमालयन शेर्पा जावलाखेल युवा क्लबसँग पराजित हुँदै उपविजेता बनेको थियो ।
आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैंया सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।