Skip to content

हरिहरपुरगढीको क्यानेश्वर माबि पान्तलेमा निशुल्क आखा शिबिर सम्पन्न

हरिहरपुरगढीको क्यानेश्वर माबि पान्तलेमा निशुल्क आखा शिबिर सम्पन्न
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी -८ पान्तलेमा निशुल्क आखा शिबिर सम्पन्न भएको छ। रोटरी क्लब अफ हेटौडा ,रोट्राक क्लब अफ हेटौडा ,सामुदायिक आखा अस्पताल हेटौडा ,रोटरी क्लब अफ तास्मनिया मिस्टर डेबिड याक्सलिको सहयोगमा तथा स्थानिय आयोजक पाटन देबी मिडिया प्रालिको आयोजनामा क्यानेश्वर माबि पान्तलेमा निशुल्क आखा शिबिर सम्पन्न भएको हो।


सामुदायिक आखा अस्पताल हेटौडाका डाक्टरद्वारा शिबिरमा १३४ जनाको आखाको जाच गरिएको छ। जसमध्ये ९ जना बिरामीको मोतिबिन्दुको अप्रेसनको लागि हेटौडा लगिने आयोजकले जनाएको छ।


शिबिर कार्यक्रममा रोटरी क्लब अफ हेटौडाका पूर्व अध्यक्ष उज्ज्वल प्रसाद भण्डारीको सभाध्यक्षतामा,वडा नम्बर ८ का वडा अध्यक्ष धन बहादुर मोक्तानको प्रमुख आतिथ्यता ,बिशिस्ट अतिथि पूर्व वडाअध्यक्ष तथा बिधालय ब्यबस्थापन समितिका अध्यक्ष सार्कीमान तामाङ्ग ,क्यानेश्वर माबि का प्रधानाध्यापक दिपक गौतम ,स्थानिय समाजसेवी प्रकाश पाख्रिन र बिमल घतानीको आतिथ्यता रहेको थियो।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts